शनिबार, साउन १६, २०८३

सुर्खेतमा कर्णाली प्रिमियर लिगको दोस्रो संस्करण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत – सुर्खेतमा कर्णाली प्रिमियर लिग (केपिएल) को दोस्रो संस्करण आगामी बैशाखमा हुने भएको छ। कर्णाली क्रिकेट एकेडेमीले आयोजना गर्न लागेको केपिएल टि–२० राष्ट्रिय टुर्नामेन्ट बैशाख १२ गतेदेखि २१ गतेसम्म संचालन हुने छ। आठ टिमको सहभागिता रहने खेलमा प्रत्येक टिममा २ जना विदेशी खेलाडी सहभागी गराउन पाइने आयोजकले जनाएको छ।

सुर्खेतको वीरेन्द्रनगर रंगशाला मैदानमा आयोजना गरिने उक्त प्रतियोगितामा राष्ट्रियस्तरमा खेलाडीहरुको सहभागिता रहने आयोजनको भनाई छ। प्रतियोगितामा करिव ६० लाख खर्च हुने आयोजकको अनुमान छ।

कर्णाली प्रदेशमा क्रिकेटको विकासको लागि दोस्रो संस्करण आयोजना गरिएको एकेडेमीका संयोजक रेशम शाहीले बताए। प्रतियोगिताले कर्णाली प्रदेशबाट पनि राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण सहयोग मिल्ने कर्णाली क्रिकेट एकेडेमिका अध्यक्ष जीवन शाहीले बताउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।