शनिबार, साउन १६, २०८३

बर्ष क्रिकेट खेलाडीको मनोनित सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ‘एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड’ अन्तर्गत पुरुष र महिलाको बर्ष क्रिकेट खेलाडीको नाम सार्वजनिक गरेको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आइतबार एक कार्यक्रमको आयोजना गर्दै पाँच/पाँच जना खेलाडीको नाम सार्वजनिक गरेको हो । 

पुरुष बर्ष क्रिकेट खेलाडीको सूचीमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का सहित दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन् । त्यस्तै महिलातर्फ नेपाली टोलीकी कप्तान रुबिना क्षेत्री बेल्बासे, इन्दु बर्मा, करुणा भण्डारी, सरिता मगर र सिता राना मगर परेकी छिन् ।

उदयमान क्रिकेट खेलाडीतर्फ अविनाश बोहरा, कविता कुँवर, ललित नारायण राजवंशी, रोहित कुमार पौडेल र सन्दीप जोरा रहेका छन् । सिप्यानले एक प्राविधिक समिति गठन गरेर मनोनयनमा पर्ने खेलाडीको सूची सार्वजनिक गरेको जनाएको छ । 

समितिमा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमटा, प्रशिक्षक विनोद दास, अम्पायर विनोद कुमार झा, अम्प्यार दुर्गानाथ सुवेदी, नेपाल खेलकुद पत्रकार मंचका प्रतिनिधि सरिता श्रेष्ठ, सुबास हुमागाई र टेक्निकल कोअर्डीनेटरमा रमण शिवाकोटी रहेका थिए । 

सिप्यानले बर्षको उत्कृष्ट क्षण अवार्डका लागि १० क्षणको सूची यसअघि नै सार्वजनिक गरिसकेको छ । यस्तै सिप्यानले लाइफटाइम्स अचिभमेन्ट अवार्ड समेत पर्दान गर्ने छ । 

बर्ष क्रिकेट खेलाडी पुरुषले अवार्डसँगै नगद १ लाख ३२ हजार प्राप्त गर्दा अन्य चार विधाका विजेताले समान ६६ हजार नगद पुरस्कार पाउनेछन् । सिप्यानले पाँच विधाको अवार्ड फागुन २१ गते प्रदान गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।