बुधबार, चैत २५, २०८२

युनाइटेड विजयी, टोटेनहम र आर्सनलले बराबरी खेले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- शनिबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनलाई ३-२  गोल अन्तरले पराजित गरेको छ । साउथह्याम्पटनको मैदानमा लुकाकुले दुई गोलको मद्दतले युनाइटेड ३-२ ले विजयी भएको हो । 

त्यस्तै आन्द्रियास पेरेइराले एक गोल गरे । साउथह्याम्पटनका लागि यान भालेरी र जेम्स वार्डले एक एक गोल फर्काएका थिए । पहिलो हाफमा १-० ले अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा दुई गोल खादै दुई नै गरेको थियो ।

यस जितसँगै युनाइटेडले २९ खेलबाट ५८ अंक सहित चौंथो स्थानमा उक्लिएको छ । पराजित साउथह्याम्पटन २७ अंक जोडेर १७ औं स्थानमा छ ।

त्यस्तै शनिबार नै भएको अर्को खेलमा टोटेनहम र आर्सनलले १-१ को बराबरी खेल्दै अंक बाँढेका छन् । टोटेनहमको मैदानमा सुरुवाती अग्रता जोगाउन र पेनाल्टीमा गोल गर्न नसक्दा आर्सनलले एक अंकमा चित्त बुझाएको हो । 

आर्सनलका लागि आरोन रामसेले गोल गर्दा टोटेनहमका लागि ह्यारी केनले पेनाल्टीमा गोल गरेका थिए  । बराबरीसँगै तेस्रो स्थानको टोटेनहमले २९ खेलबाट ६१ अंक जोडेको छ । पाँचौ स्थानको आर्सनलको ५७ अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।