शुक्रबार, भदौ ५, २०८३

यस्तो छ राजनीतिक दलसम्बन्धी अध्यादेश [पूर्णपाठ]

राष्ट्रपतिले आज बुधबार जारी गरेको राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश राजपत्रमा प्रकाशित भएको छ।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

काठमाडौं– राष्ट्रपतिले आज बुधबार जारी गरेको राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश राजपत्रमा प्रकाशित भएको छ। सरकारले राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशको दफा ३३ मा संशोधन गरेको हो। 

सो दफामा रहेको ‘केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले’ भन्ने शब्दहरुको सट्टा ‘महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाका बखतको केन्द्रीय समितिको २० प्रतिशत वा सो भन्दा बढी सदस्य वा त्यस्तो दलको संघीय संसदको संसदीय दलको बीस प्रतिशत वा सो भन्दा बढी सदस्यले एकैपटक’ भन्ने शब्दहरु राखिएका छन्।

त्यस्तै उपदफा २ मा २ (क) मा ‘२ (क) उपदफा २ बमोजिम छुट्टै नयाँ दल गठन भएकोमा त्यस्तो दल गठन हुनु भन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको एक्काइस दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन’ थपिएको छ ।

यस्तो छ अध्यादेश


प्रकाशित: Aug 18, 2021| 16:20 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...