बुधबार, चैत २५, २०८२

बार्सिलोनाद्वारा रियल पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- शनिबार राति भएको स्पेनिस ला लागि फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा बार्सिलोनाले रियललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एकै सातामा यि दुई टोलीको यो दोस्रो भेट हो । यसअघिको कोपा डेर रे माभएको भेटमा पनि रियल ३-० गोल अन्तरले पराजित भएको थियो । बार्सिलोनाको जितका लाग खेलको एक मात्र निर्णयक गोल ईभान राकिटिकले गरे । 

उनले खेलको २६ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए ।  उनले सर्जी रोबर्टोको पासमा उत्कृष्ट गोल गरे । बार्सिलोनासँगको यस हार पछि रियलको उपाधि सम्भावना निकै कठिन बनेको छ । 

यता बार्सिलोनाले भने ला लिगमा १० अंकको अग्रता लिन सफल भयो । शीर्ष स्थानमा यथावत रहेको बार्सिलोनाले २६ खेलबाट ६० अंकजोडेको छ । रियलले ४८ अंक सहित तेस्रो स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।