शुक्रबार, चैत २७, २०८२

थ्री स्टारलाई आहा रारा गोल्डकपको उपाधि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
पोखरा- रुस्लान थ्री स्टार क्लबले आहा रारा गोल्डकपको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उण्पाधि जितेको हो । 

सडन डेथमा थ्री स्टारले आर्मीलाई ५-४ ले पराजित गरेको हो । निर्धाति समयको खेलमा १-१ को बराबरी खेले पछि समय थप गरिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले १-१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

खेलमा सुरुवाती अग्रता भने आर्मीले लिएको थियो । आर्मीका लागि टेकबहादुर बुढाथोकीले खेलको पाँचौ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए ।  पहिलो हाफको अन्तिम मिनेटमा रञ्जित धिमालले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । 

अतिरिक्त समयको पहिलो हाफमा आर्मीका विमल पाण्डेले गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाए । तर दोस्रो हाफमा पिटर सेगुनले गोल गर्दै खेल बराबरीमा ल्याए । 

आर्मीका लागि भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र टंक बस्नेतले गोल गरे । थ्री स्टारका रञ्जित धिमाल, रुपेश केसी, विक्रम लामा, अन्नत तामाङ गोल गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।