शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले संयदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन, बागमतीको मुख्यमन्त्री बन्दै

एमाले संयदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन, बागमतीको मुख्यमन्त्री बन्दै

यसअघिका नेता डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यलाई संसदीय दलको नेता चयन गरिएको हो।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

काठमाडौं-  बागमती प्रदेश नेकपा एमालेको संसदीय दलको नेतामा अष्टलक्ष्मी  शाक्य चयन भएकी छन्।

यसअघिका नेता डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यलाई संसदीय दलको नेता चयन गरिएको हो। 

अब शाक्यलाई मुख्यमन्त्री बनाउने एमालेको तयारी छ। शाक्य यसअघि माधवकुमार नेपाल पक्षमा थिइन्।

नेपालले नयाँ दल गठन गर्ने तयारी गरेपछि नेपाल पक्षकी नेता शाक्यलाई ल्याएर ओली पक्षले ट्विस्ट गराएको हो। 

उता नेपालको नेतृत्वमा नयाँ दल दर्ताका लागि निवेदन समेत दिएको छ। सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ल्याएपछि नेपालको नेतृत्वमा दल दर्ताका लागि आवेदन दिइएको हो। 

नेता जगन्नाथ खतिवडाका अनुसार पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिन्ह खुला किताब प्रस्ताव गरिएको छ।

प्रकाशित: Aug 18, 2021| 15:53 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...