एजेन्सी- स्पेनिस महारथी क्लबद्वय बार्सिलोना र रियल मड्रिड स्पेनिस ला लागिमा आज (शनिबार) राती भिड्दै छन् । यि दुबै टोली यसै साता दोस्रो पटक आमने सामने हुन लागेका हुन् ।
यसै साताको बुधबार राति कोपा डेल’रे अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आमने सामने भएका दुबै टोली पुनः ला लिगामा भिड्दै छन् । खेल रियलको घरेलु मैदान सान्टीयागो बर्नाबेउमा नेपाली समय अनुसार राती १:३० बजे सुरु हुने छ ।
जारी सिजनमा दुबै टोलीको यो चौथो पटकको भिडन्त हो । सम्पन्न भएका तीन भिड्न्त मध्य दुईमा बार्सिलाृना विजयी भएको छ भने एक खेल बराबरी खेलेका छन् ।

त्यसैले पनि रियल आफ्नो घरेलु मैदाना बार्सिलोनालाई जारी सिजनको पहिलो हार चखाउने दाउँमा छ । यता बार्सिलो भने लगातारको विजयीले उच्च मनोबलका साथ पुन जित निकाल्ने दाउँमा छ ।
यस सिजनको सुरुवातमा ला लिगमा भएको पहिलो भेटमा बार्सिलोनाले रियलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेका थियो । त्यस्तै कोपा डेल’रेमा भएको दोस्रो भेटमा दुबै टोलीले १-१ को बराबरी खेले । त्यस्तै कोपा डेल’रे को फाइनल प्रशेवका लागि भएको तेस्रो भेटमा बार्सिलोना ३-० ले विजयी भयो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४