एजेन्सी- पछिल्लो समय विश्व फुटबमा सर्वाधिक महङ्गा फुटबल खेलाडी बनेका ब्रजिलियन स्टार खेलाडी नेयमारले आफ्नो फुटबल आइडल सर्वजनिक गरेका छन् । उनले आफ्नो फुटबल आइडलको भनेर सोच्दा सधै रोबिन्होको तस्बिर मनमा आउने बताएका छन् ।
‘मेरो आइडलका रुपमा रोबिन्होको तस्बिर आउँछ ।’ नेयमारले भने, ‘जब म सानो थिए । मैले उनको हरेक इच्छालाई स्विकार गरे र म सधै उनी जस्तै बन्न चाहन्थे ।’
उनले थपे, ‘म अहिले पनि हरेक खेल खेल्छु जो खेल्न सक्छु । त्यो स्विकार गर्न मेरा लागि कठिन छ । तर म त्यस्तो व्यक्ती हैन जो धेरै फुटबल हेर्छ ।’
नेयमारले आफु घरमा हुँदा फुटबल भन्दा पनि अन्य खेल हेर्ने गरेको बताए । ‘जब म घरमा हुन्छु, तब म अन्य खेल हेर्न मन पराउँछु ।’ उनले भने, ‘मलाई सबै भन्दा बास्केटबल मन पर्छ । मलाई वास्तविकमा एथ्लेटिक्स पनि हेर्न मन पर्छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४