शुक्रबार, भदौ ५, २०८३

घनश्याम भुसाल तत्काल कुनै पार्टीमा पनि नखुल्ने

भुसाल केपी शर्मा ओली अध्यक्ष रहेको एमालेमा पनि नखुल्ने र नेपालको पार्टीमा पनि सहभागी नहुने भएका हुन्।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

काठमाडौं-  राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरेसँगै माधव कुमार नेपालले गठन गर्न लागेको नयाँ पार्टीमा घनश्याम भुसाल सहभागी नहुने भएका छन्। भुसाल केपी शर्मा ओली अध्यक्ष रहेको एमालेमा पनि नखुल्ने र नेपालको पार्टीमा पनि सहभागी नहुने भएका हुन्। 

यसअघि नेता नेपाललाई साथ दिएका भीम रावल, गोकर्ण विष्ट र योगेश भट्टराई नेपालको नयाँ पार्टीमा सहभागी नहुने भएका छन्। उनी ओली र नेपाल दुवै पक्ष मिलेर एमाले एकता अक्षुण्ण राख्नुपर्ने पक्षमा छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएका बेला भुसाल, रावल, विष्ट र भट्टराईले खुलेरै नेपाललाई सहयोग गरेका थिए। तर प्रतिनिधि सभा दोस्रो पटक पुनःस्थापना भएर प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका थिए। यसपछि रावल कुनै पनि पक्षमा खुलेका छैनन्। विष्ट र भट्टराईले भने राजनीतिक दल फुटाउन सजिलो हुने गरी सरकारले अध्यादेश ल्याउनेवित्तिकै फिर्ता लिन माग गरेका थिए। 

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बुधबार अध्यादेश जारी गरेकी थिइन्। अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्यले नयाँ पार्टी बनाउन सक्ने व्यवस्था गरिएको थियो। यसअघि दुवै निकायका ४० प्रतिशत सदस्यले मात्र नयाँ दल बनाउन सक्ने व्यवस्था थियो। 

अध्यादेश जारी भएसँगै नेता नेपालले नयाँ पार्टीको नाम पनि टुंगो लगाएका छन्। नेपाल समूहको बैठकले नेकपा एमाले समाजवादी नाम राख्ने निर्णय गरेको छ। चुनाव चिन्हका विषयमा भने छलफल जारी रहेको रहेको बताइएको छ।


प्रकाशित: Aug 18, 2021| 15:35 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...