शनिबार, साउन १६, २०८३

आईसीसी वरियतामा नेपालको छलाङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी)को नयाँ महिला टी-२० क्रिकेट वरियतामा नेपालले दुई स्थान सुधार गरेको छ । यसअघि आईसीसी वरियताको १६ औं स्थानमा रहेको नेपालले दुई स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लिएको हो । 

केहि दिन अघि थाईल्यान्डमा सम्पन्न महिला टी-२० विश्वकप अन्तर्गत एसिया छनोट प्रतियोगितामा सानदार प्रर्दशन गरेपछि नेपालले सुधार गरेको हो । उक्त प्रतियोगितामा नेपालले ६ खेल खेल्दा पाँच खेलमा विजयी र एक खेलमा पराजित भएको थियो । यसअघिको महिला टी-२० स्मासमा पनि नेपाल थाइल्यान्डसँग पराजित भएको थियो । 

नेपाली राष्ट्रिय महिला टोलीले हाल सम्म टी-२० अन्तर्राष्ट्रियका ११ खेल खेलेको छ । ११ वटै खेल नेपालले यसउै बर्ष खेलेको हो । हाल सम्म खेलेका ११ खेल मध्य नेपालले ९ खेलमा जित हात पारेका छ । 

नेपाल टी-२० अन्तर्राष्ट्रियका दुई खेलमा थाइल्यान्डसँग पराजित भएको हो । नेपालले पहिले पहिलो पटक टी-२० अन्तर्राष्ट्रियका चिनसँग १२ जनवरी २०१९ मा खेलेको थियो । 

यसअघि नेपाल १ सय २३ रेटिङ सहित १६ औं स्थानमा थियो । हाल नोपल १ सय २८ रेटिङ सहित १४ औं स्थानमा छ । नयाँ वरियता अनुसार अस्टेलिया शीर्षस्थानमा हुँदा इंग्ल्यान्ड दोस्रो, न्युजिलयान्ड तेस्रो, वेस्ट इन्डिज चौथो र भारत पाँचौ स्थानमा रहेका छन् । वरियतामा थाइल्याण्ड ११ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।