बुधबार, चैत २५, २०८२

बार्सिलोना र रियलमा को बलियो?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस महारथी क्लबद्वय बार्सिलोना र रियल मड्रिड विश्वभर सबै भन्दा बढी समर्थक भएका क्लब हुन् । सायद यसैले पनि होला जब बार्सिलोना र रियल मैदानमा उक्रिन्छन् तब फुटबल प्रेमिहरुलाई विश्वकप जस्तै आभास हुन्छ । 

यी दुबै क्लब एक आपसमा आमने सामने हुँदा मैदानमा खेलाडी मात्र हैन्, रंगशालामा बसेका दर्शक, समर्थक तथा विश्वका कुनै पनि स्थानमा रहेर खेल हेरी रहेका समर्थकहरुबिच भिड्न्त हुन्छ । 

त्यस्तैले पनि बार्सिलोना र रियलबिचको खेलालाई विश्वभर निकै चाखलाग्दो रुपमा हेरिएको पाइन्छ । त्यसैले पनि बार्सिलोना र रियलमा को बलियो ? भन्ने धेरैलाई चासोको बिषय बन्ने गर्दछ । समर्थकहरुले आ-फ्नो टोलीलाई बलियो भने पनि आधिकारिक तथ्यमा कुन टोली बलियो छ त । 

हेड टु हेड

बार्सिलोना र रियल हालसम्म सबै खाले आधिकारिक २ सय ४१ खेलमा आमने सामने भएका छन् । त्यस्तै ३४ पटक मैत्रिपूर्ण र अन्य खेलमा आमने सामने भए । हाल सम्म खेलेका २ सय ४१ खेलमा दुबै टोलीले समान ९५-९५ खेले जितेका छन् । त्यस्तै ५१ खेल भने बरारी खेलेका छन् । 

दुबै टोलीले १ सय ७८ पटक ला लिगामा आमने सामने हुँदा रियल ७२ र बार्सिलोना ७१ पटक विजयी भएका छन् । जहाँ ३५ खेलमा बराबरी खेले । त्यस्तै केपा डेल’रेमा ३६ पटक भिड्दा १२ खेलमा रियल र १६ खेलमा बार्सिलोना विजयी भएको छ भने ८ खेल बराबरी खेलेका छन् ।

उपाधि विजेता

बार्सिलोनाले ला लिगको जारी सिजनमा सबै क्लबलाई पछाडी पार्दै लिगको अंक तालिकाको शीर्ष स्थानमा छ । यसबर्ष बार्सिलोना ला लिगा उपाधिको दाबेदार टोली हो । तर, हाल सम्म सबै भन्दा बढी ला लिगाको उपाधि रियलले जितेको छ । 

रियलले ला लिगाको यउपाधि सर्वाधिक ३३ पटक जितेको छ भने बार्सिलोनाले २५ पटक उपाधि उचालेको छ । तर, यता कोपा डेल रेमा भने बार्सिलोनाले सर्वाधिक ३० पटक उपाधि जितेको छ । 

त्यस्तै रियलले १९ पटक कोपा डेल रेको उपाधि उचालेको छ । समग्रहमा सबै खाले प्रतियोगितामा भने बार्सिलोनाले सर्वाधिक उपाधि उचालेको छ । बार्सिलोनाले ९४ प्रतियोगिताको उपाधि उचाल्दा रियलले भने ८५ उपाधि उचालेको छ ।

व्यक्तिगत प्रतिस्पर्धा

पछिल्लो समय विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको निकै प्रतिस्पर्धा खेदिन्छ । विश्व फुटबलमा प्रदान गरिने हरेक अवार्डमा मेस्सी र रोनाल्डोको प्रतिस्पर्धाको चर्चा चल्छ । 

दुबै खेलाडीले विशव फुटबलको चर्चित अवार्ड बालोन डि’ओर समान पाँच पाँच पटक जितेका छन् । तर, पछिल्ला दुई बर्ष मेस्सीले उक्त अवार्ड जित्न सकेका छैनन् । २०१७ को बालोन डि’ओर रोनाल्डोले जितेका थिए भने २०१८ को बालोन डि’ओर रियलकै लुका मोड्रिचले जितेका थिए । 

क्लबका विभिन्न खेलाडी गरि दुबै क्लबका खेलाडीले समग्रहमा बालोन डि’ओर समान ११-११ पटक जितेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।