बुधबार, चैत २५, २०८२

आईसीसी वरियतामा पारस भारतका रोहित भन्दा अघि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी-२० नयाँ वरियताको अलराउण्डतर्फ नेपाली राष्ट्रिय टोलीक कप्तान पारस खड्का भारतका रोहित शर्मा भन्दा अघि रहेका छन् । 

कप्तान खड्का रोहित भन्दा दुई स्थान अघि छन् । गत महिना ४० औं स्थानमा रहेका पारस दुई स्थान सुधार गर्दै ३८ औं स्थानमा उक्लिएका छन् । भारतका रोहित भने ४० औं स्थानमा रहेका छन् ।

७६ अंक पाएका कप्तान पारसको यो करियरकै ठुलो वरियता हो । उनी सँगै अन्य दुई खेलाडीले पनि आइसीसीको वरियतामा सुधार गरेका छन् । बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा सोमपाल कामी र बसन्त रेग्मीले पनि स्थान बनाएका हुन् ।

यस्तै अलराउण्डरतर्फ ६० अंक पाएका सोमपाल ५० औं स्थानमा रहेका छन् । यसअघि सोमपाल ५१ औं स्थानमा रहेका थिए । त्यस्तै बलिङमा सोमपाल ७० र बसन्त ७१ औं स्थानमा छन् । समान ४०९ अंक पाएका दुवै खेलाडी यथावत रहन सफल भए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।