शनिबार, साउन १६, २०८३

पिएसएल : सन्दीप सर्वाधिक विकेट कर्ताको तेस्रो स्थानमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीकाा महत्वपूर्ण सदस्य लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) टी-२० क्रिकेटमा १० विकेट लिएका छन् । लाहोर क्वालेण्डर्सबाट पिएसएल खेली रहेका सन्दीपले प्रतियोगितामा चार खेलमात्र खेलेका छन् । 

उनले बिहिबार राती भएको कराँची किंग्सविरुद्धको खेलमा दुई विकेट लिँदै पिएसएलमा आफ्नो १० विकेट पुरु गरेका छन् । उनी सर्वाधिक विेट लिने खेलाडीको तस्रो स्थानमा छन् । पहिलो स्थानमा हसन अलीले ६ खेलमा १ट विकेट लिएका छन्  भने दा्स्रो स्थानमा हरिस राउफले ११ विकेट लिएका छन् ।

बिहिबार दुबईमा लाहोरले दिएको १ सय ३४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको कराँचीविरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर २ विकेट लिएका थिए । सुरुवाती २ ओभरमा घातक बलिङ गर्दै ३ रन खर्चेर २ विकेट लिएका सन्दीपले तेस्रो र चौथो ओभरमा विकेट लिन सकेनन् ।

सन्दीपले पहिलो विकेटको रुपमा कोलिन मुन्रोलाई १५ रनमा आउट गरेका थिए । यस्तै दोस्रो विकेटको रुपमा बाबर आजमलाई ११ रनमा पेभेलियन फर्काए । सन्दीपले आफ्नो डेब्यु खेलमा तीन विकेट लिएका थिए भने दोस्रो खेलमा एक विकेट लिए । त्यस्तै तेस्रो खेलमा घातक बलिङ गर्दै मात्र १० रन खर्चेर ४ विकेट लिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।