बुधबार, चैत २५, २०८२

नेपाली फुटबल विकासका लागि चिन र एन्फाबिच सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली फुटबल विकासका लागि चाईनिज फुटबल संघले सहयोग गर्ने भएको छ । नेपाली फुटबल विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र चाईनिज फुटबल संघबीच बिहिबार सम्झौता भएको हो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र चाईनिज फुटबल संघका अध्यक्ष चाई झिन्हुआबीच चार बर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार चिनले राष्ट्रिय टिम, पुर्वाधार र फुटबलको प्राविधिक बिषयको विकासमा सहयोग गर्नेछ । 

सम्झौतासँगै राष्ट्रिय टिमको आदान प्रदान, पुर्वाधार विकासमा सहकार्य, प्राविधिक विकासमा चीनले नेपाललाई सहयोग गर्नेछ । सम्झौतापछि बोल्दै एन्फा अध्यक्ष शेर्पाले यस सहकार्यले नेपाली फुटबल विकासको लागि चीनले प्रवर्दन गर्ने बताए । 

‘यस सम्झौताले दुवै देशलाई फाइदा पुग्ने गरि पूर्वाधार विकासमा जोड र राष्ट्रिय टिमको आदानप्रदान जस्ता कार्यहरु हुनेछ,’ अध्यक्ष शेर्पाले भने, ‘अब मोफसलमा आयोजना हुने प्रतियोगितामा चीनको प्रान्तीय र तेस्रो डिभिजनका क्लबले सहभागिता जनाउने छन् ।’

यस्तै चाईनिज फुटबलका अध्यक्ष झिन्हुआले महिला र युवा टिमबीच सम्बन्ध बनाउने आधार तयार भएको बताउदै नेपालसँग मिलेर फुटबलमा धेरै काम गर्न सकिने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।