बुधबार, चैत २५, २०८२

आर्मी आहा रारा गोल्डकपको फाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- विभागीय टोली त्रिभुवन आर्मी क्लबले दाउफिन्स फुटबल क्लबलाई पराजित गर्दै आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा आर्मीले दाउफिन्सलाई १-० ले पराजित गरेको हो । 

आर्मीको जितका लागि खेलको एकमात्र निर्णायक गोल टेकबहादुर बुढाथोकीले गरे । उनले खेलको १३ औं मिनेटमा गोल गर्दै आर्मीलाई महत्वपूर्ण जित दिलाए । पहिलो हाफमा १-० ले अग्रता लिएको आर्मीले दोस्रो हाफमा अन्य अवसर सृजना गरे पनि थप गोल डगर्न सकेन् । 

त्यस्तै दाउफिन्सका खेलाडीले आक्रमक खेल प्रस्तुत गरेपनि गोल गर्न सकेनन् । खेलको ८५ औं मिनेटमा दाउफिन्स १० खेलाडीमा समेटिएको थियो । डेम्बा ओवुनाले विकास तामाङलाई ट्याकल गरेपछि रेफ्रिले उनलाई दोस्रो पहेंलो कार्ड देखाए ।

आर्मीले अब प्रतियोगिताको फाइनलमा शनिबार रुस्लान थ्री स्टारको सामना गर्नेछ । थ्री स्टारले बुधबार एपीएफलाई टाइब्रेकरमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।