शनिबार, साउन १६, २०८३

युनाइटेडको जितमा लुकाकु नायक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इङ्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई ३-१ ले पराजित गरेको छ । बुधबार राति क्रिष्टलको मैदानमा भएको खेलमा युनाइटेडको जितका लागि रोमेरो लुकाकुले दुई गोल गरे । त्यस्तै एस्ले योङले एक गोल गरे । क्रिष्टलका जोएल वार्डले एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । 

खेलको ६६ औं मिनेटमा जोएल वार्डले गोल गर्दै घेलु टोलीलाई खेलमा फर्काउने कोशिस गरे । तर, खेलको ८३ औं मिनेटमा योङले गोल गर्दै युनाइटेडलाई ३-१ को सहज जित दिलाए ।

जितसँगै युनाइटेडले सबै खाले प्रतियोगिताको अवे खेलमा लगातार आठौं जितको कीर्तिमान बनाएको छ । यसअघि युनाइटेड अवे खेलमा लगातार आठ जित निकाल्न सकेको थिएन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।