एजेन्सी- साडियो माने र भिर्गिल भान डिज्कल उत्कृष्ट प्रदर्शनमा लिभरपुलले इङ्ग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थान कायमै राखेको छ । बुधबार राति भएको खेलमा वाट्फोर्डलाई ५-० को फराकिलो अन्तरले परजित गर्दै लिभरपुलले शीर्ष स्थान कायमै राखेको हो ।
घरेलु मैदानमा लिभरपुलको जितका लागि साडियो माने र भिर्गिल भान डिज्कले दुई तथा डिभोक ओरिगीले एक गोल गरे । खेलको नवौं मिनेटमा मानेले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
२० औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । त्यस्तै खेलको ६६ औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुल ३-० ले अघि बड्यो ।
खेलको ७९ औं र ८२ औं मिनेटमा डिज्कले व्यक्तिगत दुई गोल गर्दै लिभरपुललाई ५-० फराकिलो जित दिलाए । जितसँगै लिभरपुलले २८ खेलबाट ६९ अंक जोड्दै शीर्ष स्थान कायमै राखेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४