एजेन्सी- रियल मड्रिडलाई फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस कोपा डेल’रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति रियलकै घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा रियललाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोना कोपा डेल’रेको फाइनलमा प्रवेश गरेको हो ।
बार्सिलोनाको घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा दुबै टोलीले १-१ को बराबरी खेलेका थिए । दोस्रो लेगमा ३-० ले जित निकाल्दै बार्सिलोना समग्रहमा ४-१ को जित सहित कोपा डेल’रे फुटबलको उपाधि नजिक पुगेको हो ।

पाहुना टोलीलाई जित दिलाउन लुइस स्वारेजले दुई गोल गरेका थिए भने एक गोल आत्मघाती उपहार पाएको हो । खेलको पहिलो हाफ गोल रहित बराबरी सकिदा तीन वटै गोल गोस्रो हाफमा सम्भव भएका थिए ।
खेलको ५० औं मिनेटमा स्वारेजले गाले गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ६९ औं मिनेटमा रियलका राफायल भरानेले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर बन्यो ।

खेलको ७३ औं मिनेटमा स्वारेजले पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाए । यस जितसँगै बार्सिलोना लगातार चौथो पटक स्पेनिस कोपा डेल’रे फुटबलको उपाधि नजिक पुगेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४