बुधबार, चैत २५, २०८२

महिला विश्वकप छनोट : नेपाली खेलाडीका थरिथरिका कीर्तिमान्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोट चरण पार गर्न नसकेन्। सात देश सहभागी रहेको प्रतियोगितामा थाइल्याण्डले पहिलो हुँदै आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्यो। 

६ खेल खेलेको नेपालले पाँच खेलमा जित र एक खेलमा शीर्ष स्थानको थाइल्याण्डसँग पराजित हुँदै ग्लोबल छनोटमा स्थान बनाउन सकेन। शीर्ष स्थानमा रहेको एक टोलीले मात्र ग्लोबल छनोटमा स्थान बनाउन पाउने प्रवाधान भएकाले नेपालको सम्भावना समाप्त भएको हो। 

ग्लोबल छनोटमा स्थान बनाउन नसकेपनि प्रतियोगितामा नेपालको प्रदर्शन उत्कृष्ठ रह्यो। छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गर्दा नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुविना श्रेत्री बेलवाशीले ह्याट्रिक विकेटसमेत लिएकी थिइन्। उनले खेलको अन्तिम ओभरको अन्तिम तीन बलमा कुवेतका तीन खेलाडीलाई बोल्ड गर्दै ह्याट्रिक लिएकी थिइन्। 

उनले उक्त खेलमा ह्याट्रिक चौकासमेत प्रहार गरिन् । सोहि खेलमा नेरी थापाले पनि ह्याट्रिक चौका प्रहार गरेकी थिइन्। उनले टोलीका लागि रन जोड्ने क्रममा ह्याट्रिक पुरा गरेकी थिइन्। 

सर्वाधिक विकेट कर्ता

नेपाली महिला टोलीकी सदस्य नेरी थापा आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोट अन्तर्गत सर्वाधिक विकेट कर्ता बनिन्। उनले ६ छनोटका ६ वटा खेल खेल्दै सर्वाधिक १३ विकेट लिइन्। उनीसँगै थाइल्याण्डकी सोर्नारिन टिप्पोचले पनि १३ विकेट लिएकी छिन्। नेरीले ६ खेल खेल्दा २१ ओरभ बलिङ गरेकी थिइन्।

जहाँ उनले १ ओभर मेडिन राखिन्। ६ खेलमा २२.३ ओरभ बलिङ गर्दा उनले ७७ रन खर्चेर १३ विकेट लिएकी थिइन्। उनको बलिङ इकोनोमी ३.४२ रहेको छ। त्यस्तै सिता राना मगरले ८ विकेट लिँदै सर्वाधिक विकेट लिनेको ११ औं स्थानमा नाम दर्ता गराइन्।

सर्वाधिक रन कर्ता

नेपाली राष्ट्रिय टोली कप्तान रुविना श्रेत्री बेलबासीले आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको सर्वाधिक रन कर्ताको सातौं स्थानमा छिन्। उनले उक्त प्रतियोगिता भर ८७ रन जोडीन्। सर्वाधिक रन कर्ताको शीर्ष स्थामा थाइल्याण्डकी नरुएमोल चाइवाईले १ सय ८१ रन जोडिन्। 

युएईकी चमानी सेनेविरेत्नाले १ सय २ रन जोड्दै दोस्रो स्थानमा छिन्। त्यस्तै थाइल्याण्डकी चनिदा सुथिरङले १ सय १ रन जोड्दै दोस्रो स्थानमा रहिन्। त्यस्तै नेपालका लागि सिता राना मगरले ७७ र काजल श्रेष्ठले ७२ रन जोडेकी थिइन्। 

पहिलो छक्का

आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोट अवधिभर मात्र तीन छक्का प्रहार भएका थिए। जुन तीन छक्का मध्ये पहिलो छक्का नेपाली महिला टोलीकी कप्तान रुविनाले प्रहार गरेकी थिइन्। 

उनले युएईविरुद्धको खेलमा प्रतियोगिताकै पहिलो छक्का प्रहार गरेकी थिइन् ।उनले प्रतियोगिता भर १० चौका समेत प्रहार गरिन्। त्यसपछि प्रतियोगिताको अन्तिम खेलमा थाइल्याण्ड र युएईका खेलाडी एक एक छक्का प्रहार थगरेका थिए
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।