बुधबार, चैत २५, २०८२

आहा रारा गोल्ड : एपिएफलाई पराजित गर्दै थ्रिस्टार फाइनलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
फाइल तस्बिर
 
काठमाडौं- थ्रि स्टार क्लब पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डको फाइनलमा प्रवेश गरेका छ । बुधबार भएको क्वाटरफाइनल खेलमा एपिएफ क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै प्रतियोगितको फाइनल प्रवेश गरेको हो । 

यसअघिका खेलमा अतिरिक्त समयमा खेल लम्ब्याएपनि मौसम प्रतिकूलताका कारण खेलअघि नै दुवै टोलीले ९० मिनेटसम्म बराबरी भएको खण्डमा सिधै टाइब्रेकरमा पुग्ने सहमति गरेका थिए । त्यसैले निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले गोल रहित बराबरी खेले पछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । तर, एपिएफ पेनाल्टी सुटआउटमा पराजित हुन् पुग्यो ।

थ्रिस्टारका लागि रञ्जित धिमाल, सुनिल बल, रुपेस केसी र अनन्त तामाङले गोल गरेका थिए । खेल दौरा सृजना गरेका अवसरलाई सदुपयोग गर्न नसक्दा थ्रि स्टारले सुरुवाती अग्रता लिनबाट चुकेको थियाचे । 

खेलको अन्तिम समय सम्म समेत थ्रि स्टारले पाएको अवसरलाई दुपयोग गर्न सकेन । यस पराजितसँगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ । अब थ्रि स्टारले दाउफिन्स फुटबल फ्यमिली क्यामरुन र त्रिभुवन आर्मीबिचको विजेतासँग फाइनल खेलमा उपाधिका लागि भिड्ने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।