बुधबार, चैत २५, २०८२

नेपाल कुवेतमाथि ३० रनले विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको छ । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको कुवेत निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८६ रन बनाउन सक्यो । 

कुवेतका लागि मर्याम ओमरले सर्वाधिक २९ रन बनाए पनि टोलीको जितका लागि प्रयाप्त भएन् । उनले ३६ बलको सामना गर्दै तीन चौकाको मद्दतमा २९ रन जोडीन् । त्यस्तै प्रियादा मुरलीले १४, सब्रिन जाकीले १२ र मरियम्मा हिडरले रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । 

कुवेतलाई सस्तैमा समेट्न नेपालका लागि कामना भण्डारीले सर्वाधिक तीन विकेट दिइन् । उनले चार ओरभ बलिङ गर्दै मात्र १२ रन खर्चेर तीन विकेट लिएकी हुन् । त्यस्तै रुविना श्रेत्री बेलबाशीले पनि तीन विकेट लिइन् । नेरी थापा र कविता कुँवरले एक एक विकेट लिए ।

यसअघि नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो । नेपालका लागि लागि बिन्दु रावलले अविजित रहदै सवार्धिक २८ रन जोडिन । बिन्दुले ४९ बलमा १ चौकाको सहयोगमा २८ रन जोडेकी हुन् । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २२ रन जोडीन् । 

यस्तै नेरी थापाले १९ रन जोड्दा काजल श्रेष्ठले १८ तथा इन्दु बर्मा र रोमा थापाले समान ७-७ रन जोडिन् । कुवेतका लागि मर्याम ओमरले २ विकेट लिईन् । ग्लोबल छनोटमा स्थान बनाउन नेपालले अब थाइल्याण्ड र युएइबिचको खेलको नतिजाको पर्खाइमा रहनु पर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।