एजेन्सी- फ्रेन्स लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रान्स कपको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा डिजोनलाई ३-० ले पराजित गर्दै पिएसजी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा पाहुना टोलीलाई पराजित गर्न एन्जल डि मारियाले दुई तथा थोमस मुनिरले इक गोल गरे । आफ्ना स्टार खेलाडी नेयमार, ईडिन्सन काभानी र केलियन एमबाप्पेविनै मैदान उत्रिएको पिएसजीले डिजोडमाथि सहज जित निकालेको हो ।

स्टार खेलाडविनै पिएसजी मैदान उत्रिए पनि एन्जल डि मारियाले खेल दौरान मैदानमा स्टार खेलाडीको कमिको आभास हुन दिएनन् । उनले खेलको ८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
२८ औ मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दै डि मारियाले पिएसजीको अग्रता दोब्बर पारे । पहिलो हाफम डिजोनविरुद्ध २-० को अग्रता लिएको पिएसजीले दोस्रो हाफमा थप एक गोल गर्यो ।
खेलको ७६ औ मिनेटमा थोमस मुनिरले गोल गर्दै पिएसजीलाई ३-० को जित दिलाए । पिएसजी फ्रान्स कपको उपाधि लगातार पाँचौ पटक जित्ने अभियानमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४