बुधबार, चैत २५, २०८२

पिएसएल : आफ्नो तेस्रो खेलमा सन्दीपको प्रदर्शन कस्तो रहला?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय टोलीका लेग ब्रेक स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल)मा आज (बुधबार) आफ्नो तेस्रो खेल खेल्दै छन् । लाहोर क्वालेण्डर्सबाट पिएसएल खेली रहेका सन्दीपले क्वेटा ग्लाडियटर्सविरुद्ध मैदान उत्रिने मौका पाए यो तेस्रो खेल हुने छ ।

खेल नेपाली समय अनुसार साँझ ५:१५ मा सुरु हुनेछ । पिएसएलका दुई खेल मात्र खेलेका सन्दीपले निकैनै राम्रो सुरुवात गरेका छन् । उनले दुई खेल खेल्दै चार विकट लिएका छन् । 

डेब्यु खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँदै सन्दीपले तीन विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा क्वेटाविरुद्ध नै शनिबार भएको खेलमा ४ ओभर बलिङ गर्दै २० रन खर्चिएर १ विकेट लिएका थिए । 

पछिल्ला पाँच खेलमा लाहोरले क्वेटालाई हराउन सकेको छैन । जसको कारण बुधबार लाहोरलाई जित निकाल्न निकै मेहनत गर्नु पर्ने देखिन्छ । पाँच खेलमा ४ जितसहित क्वेटा लिगको शीर्ष स्थानमा रहेको छ । पाँच खेलमा २ जित निकाल्न सफल लाहोर अंक तालिकाको चौथो स्थानमा रहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।