बुधबार, चैत २५, २०८२

मकवानपुर गोल्डकपलाई भुगर्भ सिमेन्टको साथ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- दोस्रो संस्करणको सहिद स्मृति मकवानपुर गोल्डकप फुटबललाई भुगर्भ सिमेन्टको मुख्य प्रायोजन रहने भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगितालाई भुगर्भ सिमेन्टको मुख्य प्रायोजन रहेको बताएइको हो । 

मुख्य प्रयोजन पत्रमा आयोजक मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका राम लामा र भुगर्भ सिमेन्ट उधोगका अध्यक्ष पिताम्बर गैरेले हस्ताक्षर गरे । सम्झौतासंगै सिमेन्टले प्रतियोगिताका लागि भ्याट बाहेक १० लाख उपलब्ध गराउने छ । १० देखि १२ टोलीको सहभागिता रहन उक्त प्रतियोगिता फागुन २९ देखि चैत ९ गतेसम्म संचालन हुने छ । 

प्रतियोगितामा अहिलेसम्म मनाङ मस्र्याङदी, आयोजक नवजागृति क्लब, त्रिभुवन आर्मी क्लब, थ्री स्टार क्लब, हिमालयन शेर्पा, नेपाल पुलिस क्लब, एपीएफ क्लब, च्यासल युथ क्लब, संकटा क्लब, एआरटी र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्ने पक्का भएको संघका अध्यक्ष लामाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ८ लाख तथा उपविजेताले ४ लाख पाउने छ । यस्तै सर्वोकृष्ट खेलाडीले ५० हजार, विधागत उत्कृष्ट हुनेले २० हजार र म्यान अफ दि म्याचले १० हजार पाउने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।