बुधबार, चैत २५, २०८२

नेपाली फुटबलको स्तर सुधार गर्ने छु : प्रशिक्षाक कलिन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं-यसअघि नेपालको ए डिभिजन क्लब सम्हालेका योहान कलिनलाई राष्ट्रिय टिमको बागडोर सम्हाल्न बिहीवार अखिल नेपाल फुटबल संघ  (एन्फा)ले उनलाई काठमाडौं बोलायो । काठमाडौ पुगेपिछ एन्फाले कलिनलाई आइतवार पहिलो पटक सार्वजनिक गरेको थियो।

कलिनले नेपालको प्रशिक्षकको रुपमा पहिलो परिक्षण मलेसिया विरुद्धको मैत्रीपूर्ण खेल हुनेछ। नेपालले मार्च २६ मा मलेसियासँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ।

‘म नेपालको प्रतिभावान युवा खेलाडीसँग काम गर्न एकदमै उत्साहित छु। मेरो पहिलो काम भनेको मलेसिया विरुद्धको मैत्रीपूर्ण खेल हुनेछ।’ नव नियुक्यत प्रशिक्षक कलिनले  भने, ‘मेरो लक्ष्य नेपालको फुटबल स्तर सुधार गर्ने हो । तर अहिल्यै के के गर्न सकिन्छ भनेर भन्न सक्न्न ।’

स्वीडिस प्रशिक्षक कलिन सन् २०१४ मा ए डिभिजन क्लब मछिन्द्रको प्रशिक्षक बन्दै नेपाल आएका थिए। उनको प्रशिक्षणमा मछिन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै लिगमा दोस्रो स्थान हात पारेको थियो।

यस पटक नेपालको राष्ट्रिय टिमको प्रशिक्षक बनेर आएका कलिनको सम्झौता अवधी दुई वर्षको रहेको छ। उनले यो दुई वर्षको अवधीमा नेपाली फुटबलको स्थर सुधार गर्ने र साफ च्याम्पियनसिपको लागि तयार रहने बताए।

उनको सम्झौता २०१९ मार्च १ बाट लागु हुने एन्फाले जनाएको छ। कलिन युइएफए ए डिप्लोमा सर्टिफाइट प्रशिक्षक हुन्। २०१९ जनवरी १७ को एन्फा कार्यसमिति बैठकले कलिनलाई नेपालको नयाँ प्रशिक्षक नियुक्त गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।