बुधबार, चैत २५, २०८२

महिला विश्वकप छनोट : नेपालद्वारा चीन पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौ‌ – नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथो जित दर्ता गराएको छ। 

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज भएको पाँचौँ खेलमा नेपालले चीनलाई पाँच रनले हराएको हो। टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाएको थियो। अठहत्तर रनको विजय लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभर खेल्दै ६ विकेट गुमाएर ७२ रन बनायो। चीनका लागि झान मेईले सर्वाधिक ३३ रन तथा सियोन झौले १८ रन जोडिन्। 

बलिङतर्फ नेपाललकी सीता राना मगरले तीन तथा कृष्ण कुवरले १ विकेट लिइन्। त्यसअघि ब्याटिङ गर्दै नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन, सीता राना मगरले ११, बिन्दु रावलले १०, इन्दु बर्माले ८, नेरी थापाले अविजित ७ रन तथा सरिता मगरले ६ रन जोडिन्। बलिङतर्फ चीनकी वाङ मेङ र हान लिलीले दुई/दुई विकेट लिइन्। जीतसँगै नेपाल ८ अङ्कसहित तेस्रो स्थानमा छ। नेपालले बुधबार कुवेतसँग खेल्नेछ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।