बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • महिला विश्वकप छनोट : हङकङमाथि नेपालको सहज जित, नेरीको उत्कृष्ट बलिङ

महिला विश्वकप छनोट : हङकङमाथि नेपालको सहज जित, नेरीको उत्कृष्ट बलिङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं– आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले आइतबार भएको खेलमा हङकङलाई चार विकेटले हराउँदै तेस्रो जीत निकालेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाएर ६२ रन जोडेको थियो। ६३ रनको लक्ष्य पछ्याएको नेपालको जितका लागि नेरी थापाले सर्वाधिक ६ विकेट लिएकी थिइन्।  व्यक्तिगत ४ ओभरको स्पेलमा नेरीले ८ रन खर्चिएर ६ विकेट हात पारेकी हुन्। बाँकी २ विकेट सिता रानामगरले लिइन्।

योसँगै नेपालबाट टी–२० क्रिकेटमा ५ भन्दा बढी विकेट लिने पहिलो खेलाडी बन्न सफल भइन्। यसअघिको प्रतियोगितामा ४ विकेट लिएकी थिइन्। 

नेपालले सुरुवातमा भने राम्रो प्रदर्शन गर्न सकेको थिएन। काजल श्रेष्ठ ४ रन जोड्दै आउट भइन्। त्यस लगत्तै सीता राना मगर आउट भइन्। उनले खाता नै खोल्न सकिनन्।

इन्दु बर्मा र रुविना क्षेत्रीले पनि राम्रो प्रदर्शन गर्न सकेनन्। अप्सरी बेगम र सरिता मगर सम्हालिद ै मिलेर नेपालको पारी सम्हालिन्। दुबैले पाँचौं विकेटका लागि ३२ रनको साझेदारी गरिन्। बेगमले २४ रनको योगदान दिइन्। सरिता मगर १६ रनमा अविजित रहिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।