बुधबार, चैत २५, २०८२

दश स्वर्णपदक मध्ये सातमा बझाङको कब्जा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी – सुदूरपश्चिम प्रदेश स्तरिय आठौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगितामा बझाङको बित्थडचिर गाउँपालिकालाई खेलकुद क्षेत्रमा ऐतिहासिक सफलता मिलेको छ। 

धनगढी रंगशालामा संचालन भइरहेको आठौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगितामा फुल कन्ट्याक्ट् करातेको छनौट शुक्रबार सम्पन्न भएको छ। सम्पन्न खेलमा दश स्वर्ण पदकमा बझाङले सात, कैलाली दुई र  दार्चुलाले एक पदक हात पारेका छन्। बझाङका स्वर्ण पदक विजेता सात मध्ये तीन जना बित्थडचिर गाउँपालिकाका रहेको गाउँपालिका प्रवक्ता हर्क धामीले जानकारी दिए।

खेल क्षेत्रको विकासको लागी गाउँपालीकाले खेलकुद क्षेत्रमा लगानि गरेको प्रवक्ता धामीले बताए।  बित्थडचिर खेलकुद विकास समितिले गाउँपालीकामा तीन सय भन्दा बढी खेलाडीलाई ६ महिना तालिम दिएको र जसमध्ये उत्कृष्ट ५ जना खेलाडी प्रदेश स्तरीय खेलका लागी छनौट भएको प्रशिक्षक योगेन्द्र बोहराले बताए। 

बित्थडचिर खेलकुद विकास समितिबाट सहभागी मध्ये चार जना खेलाडीले संवरण पदक जितेर राष्ट्रिय खेलका लागि छनौट भएका प्रशिक्षक बोहराले जानकारी दिए। 

पुरुष तौल समूह अन्तर्गत ४५ केजिमा बझाङका चन्द्र अधिकारी, ५९ केजिमा बझाङकै प्रकाश सिहं, ५५ केजिमा सुनिल कुवँर बझाङ, ६० केजिमा दार्चुलाका रुपक सिहँ धामि, ६५ केजिमा ईश्वर सुबेदी कैलाली र खुल्लातर्फ कैलालीका दिपेन्द्र बटाला राष्ट्रिय खेलका लागि छनौट भएका छन्। 

त्यस्तै महिला तौल समुहमा ४५ केजिमा गिता अधिकारी बझाङ, ५० केजिमा अनु बिष्ट बझाङ, ५५ केजिमा गरीमा बोहरा बझाङ र खुल्ला तर्फ बझाङकै मनिशा भाट राष्ट्रिय खेलका लागी छनौट भएका हुन्।

कैलाली, कञ्चनपुर, दार्चुला र बझाङबाट महिला पुरुष गरी ४० जना खेलाडीहरुको सहभागिता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।