बुधबार, चैत २५, २०८२

उपाधिका लागि महेन्द्रनगरले दियो अत्तरियालाई १२४ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी- तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेटको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडले सिवाइसी अत्तरियालाई उपाधिका लागि १ सय २४ रनको लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ थालेको महेन्द्रनगरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २३ रन जोडेको हो ।

खराब सुरुवात गरेको महेन्द्रनगरका लागि दिलिप नाथले सर्वाधिक ४३ रन जोडे । उनले ४१ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन जोडेका हुन् । त्यस्तै कुसल मल्लले २५ रन जोडे । 

उनले २२ बलको सामना गर्दै एक चौका र खुई छक्का प्रहार गरे । रोहित कुमार पौडेलले २४ रन जोडे । उनले २० बलमा १ चौका र १ छक्का प्रहार गरे । आरिफ सेखले ११ र मोहमद नाभिदले १० रन जोड्दै पेभिलियन फर्के।

महेन्द्रनगरले सुरुवाती चार विकेट अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरीको बलिङमा गुमाएका थिए । उको चार ओभरमा दुई रन आउट र दुई खेलाडी क्याच आउट भए । दिपेन्द्रले चार ओरभमा २४ रन खर्चदै दुई विकेट लिए । त्यस्तै दिपेन्लेद्र सिंह रावतले दुई तथा सन्नी पटेलले एक विकेट लिए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।