बुधबार, चैत २५, २०८२

डिपिएल : फाइनल खेलमा कस्को पल्ला भारी ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी-तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को फाइनलमा महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरिया भिड्ने भएका छन् । शुक्रबार हुने भनिएको महेन्द्रनगर र काठमाडौं गोल्डेन्स बिचको खेल रद्ध भएपछि महेन्द्रनगर सिधै फाइनमा प्रवेश गरेको छ। 

प्रतियोगिताको फाइनल खेल शनिबार दिउसो १२:३० बाट सुरु हुनेछ।  अत्तरिया फाइनल खेलमा महेन्द्रनगरविरुद्ध मैदान उत्रिदा समुह चरणको हारको बदला लिने दाउँमा रहने छ । समुह चरणमा अत्तरिया महेन्द्रनगरसँग ७ विकेटले पराजित भएको थियो । 

घरेलु क्रिकेट प्रतियोगितमा लक्कि चामको उपमा चिनिएका महेन्द्रनगरका कप्तान शरद भेषवाकर फेरि पनि अर्को घरेलु क्रिकेट प्रतियोगिताको उपाधिले नजिकैबाट स्वागत गर्दैछ। शरदले धेरै घरेलु क्रिकेट प्रतियोगितामा आफ्नो बहादुरी देखाई सकेकाले फाइनल खेलमा पनि त्यसलाई निरन्तरता दिन चाहान्छन्। 

प्रतियोगिताको समुहचरणमा बलियो मानिएको सिवाइसी अत्तरियाले क्वालिफायर्स खेलमा काठमाडौंलाई हराउदै फाइनलमा स्थान बनाएको थियो।  प्रतियोगितामा फाइनल प्रवेश गरेका दुबै कप्तानलाई एक अर्काको चुनौति छ । 

यता अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरी घरेलु दर्शकको साथ र प्रेरणालाई साथमा लिदै पहिलो पटक उपाधिलाई उचाल्दै घरेलु क्रिकेट लिगमा आफ्नो दाबेदारी देखाउन चाहान्छन्। महेन्द्रनगरका कप्तान शरदले यसै बर्ष भएका दुई फ्रेन्चाइज लिगमा फाइनल प्रवेश गरिसकेका छन्।

शरदले पोखरा प्रिमियर लिग (पिपिएल)को उपाधि उचालिसकेका छन् भने एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनल खेलमा ललितपुरसँग पराजित भएका थिए। समान अंक भएका विराटनगर किङ्ससंग पराजित भएपछि महेन्द्रनगरले प्ले अफमा स्थान बनाएको थियो। महेन्द्रनगरले प्रतियोगिताको इलिमिनेटर खेलमा रुपन्देहिलाई हराउदै क्वालिफायर्समा आफ्नो स्थान बनाएको थियो। 

सरदले फाइनल खेलमा पनि जित निकाल्दै डीपीएलमा पहिलो पटक उपाधि आफ्नो नाममा गर्ने योजना भएको बनाएका छन्। टिमको जितमा सबैको समान भुमिका रहने भएकाले फाइन खेलमा पनि सबैको समान प्रदर्शनको आशा गरेको बताए। शरदले प्रतियोगितामा बलियो मानिएको अत्तरियालाई हराउन त्यति सहज नभएकाले फाइनल खेल हेर्न लायक रहने पनि बताए। 

यता दिपेन्द्र सिंह ऐरीको कप्तानिमा रहेको सिवाइसी अत्तरिया पनि पहिलो पटक घरेलु क्रिकेट प्रतियोगिताको उपाधि आफ्नो नाममा पार्ने योजनामा छ। घरेलु क्रिकेट प्रतियोगितामा दिपेन्द्रले कप्तानी सम्हालेको टोली पहिलो उपाधि नजित पुगेको छ । त्यसैले पनि उनी जितका लागी केहि कसर बाँकि नराख्ने बताउछन्।

युवा खेलाडीहरुको भरपुर साथ पाएको अत्तरिया प्रतियोगितामा आफुलाई कहिले पनि कमजोर स्थापित गर्ने पक्षमा छैन्। सन्नी पटेल, जयकिशान कोल्सावाला र दिपेन्द्र ऐरी जस्ता राम्रा खेलाडीको साथ पाएको अत्तरिया प्रतियोगिताको यो उपाधि यतिकै छोड्न चाहाने पक्षमा छैन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।