शुक्रबार, चैत २७, २०८२

नेपालको सानदार जित, युएई ७ विकेटले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- आईसीसी महिला विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा नेपालले सानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले सानदार जित निकालेको हो । 

युएईले दिएको ४२ रनको झिनो लक्ष्य नेपालले मात्र १०.२ ओभरमा ८ विकेट गुामउँदै भेट्टायो । नेपालका लागि काजल श्रेष्ठले १५ रन जोडीन । उनले २५ बल खेल्दै २ चौको प्रहार गरीन् । 

त्यस्तै रुविना श्रेत्री बेलबासीले १८ रन जोडीन् । उनले १७ बल खेल्दै दुई चौका र एक छक्का प्रहार गरिन् । त्यस्तै सिता राना मगरले ६ रन जोडीन् । युएईका लागि इशा ओजाले दुई तथा काभिसा एगोडेजले एक विकेट लिईन् । 

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको यूएईले १७.३ ओभरका सबै विकेट गुमाएर मात्र ४१ रन जोडेको थियो । नेपाली चेलीको कसिलो बलिङसामु यूएईका १० ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । 

यूएईका नेहा शर्मा ६ र चामानी सेनेविरत्नले १३ रन बनाउन बाहेक कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् ।

यूएईलाई सस्तैमा रोक्न नेरी थापाले ३.३ ओभरमा १ मेडन सहित ६ रन खर्चेर४ विकेट लिइन् । सिता राना मगरले ४ ओभरमा १ मेडन सहित ७ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै सानु खड्का र कविता कुवँरले समान दुई दुई विकेट लिए ।

पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा थाईल्यान्डसँग ५७ रनले पराजित भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।