बुधबार, चैत २५, २०८२

‘ला लिगाको अर्को परिचय मेस्सी’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- अर्जेन्टिनी तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी जती बार्सिलोना क्लबका लागि महत्वपूर्ण छन् । त्यती नै उनी स्पेनिस फुटबलका लागि महत्वपूर्ण खेलाडी हुन् । ला लिगाका अध्यक्ष जाभियर टेबासले बार्सिलोनाका कप्तान मेस्सी बार्सिलोना मात्र नभई स्पेनिस शीर्ष प्रतिस्पर्धाका लागि महत्वपूर्ण खेलाडी भएको बताएका छन् । 

‘मेस्सी बार्सिलोनाका एक भाग हुन । त्यससँगै उनी ला लिगाका लागि पनि ।’ अध्यक्ष जाभियरले भने, ‘उनी हाम्रो लिगका लागि एक आकर्षक र महत्वपूर्ण खेलाडी हुन् । जसले लिगलाई माथि पुर्याउन आफ्नो ठुलो योगदान दिएका छन् ।’ 
Image result for messi
उनले थपे, ‘मेस्सीले गर्दा स्पेनिस ला लिगाका समर्थक र सुभचिन्तक बढेका छन् ।’ मेस्सीले बार्सिलोनामा २०२१ सम्मका लागि सम्झौता गरेका छन् । तर, हाल क्लबका अध्यक्ष जोसेप मारियाले स्टार खेलाडी मेस्सीसँग नयाँ सझौताका लागि तयारी गरेको बताईएको छ । 

मेस्सीले जारी ला लिगामा हाल सम्म २२ खेल खेल्दा २२ गोल गरेका छन् । उनी जारी सिजन ला लिगाका हाल सम्म शीर्ष गोल कर्ता समेत हुन् । उनले ला लिगामा २००९-१० को सिजन देखी ५ सिजन शीर्ष गोल कर्ता समेत बनेका छन् । 

उनी ला लिगाको इतिहासमै सबै भन्दा शीर्ष गोल कर्ता समेत हुन् । उनले हाल सम्म ला लिगामा ४ सय ५ गोल गरेका छन् । Image result for messi
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।