धनगढी- शरद भेषवाकरक कप्तानीमा रहेको महेन्द्रनगर युनाटेड तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)को क्वालिफायरमा प्रवेश गरेको छ । बिहिबार भएको इलिमिनेटर खेलमा रुपन्देही च्यालेन्जर्सलाई १ रनले पराजित गर्दै महेन्द्रनगर क्वालिफायरमा प्रवेश गरेको हो ।
महेन्द्रनगरले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको रुपन्दहीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ मात्र रन बनाउन सक्यो । रुपन्देहीका लागि बाबर हायातले २८ रन जोडे । उनले २९ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा २८ रन जोडे ।

त्यस्तै विनोद भण्डारीले २३ रन जोडे । उनले २१ बलमा एक चौका र एक छक्का प्रहार गरे । प्रदिप ऐरीले २८ रन जोडे । उनले २० बलमा ४ चौका प्रहार गरे । सन्दीप सुनारले १४, सुमित महर्जनले १० रन बनायन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन कसेनन् ।
महेन्द्रनगरका लागि अभिनास बोहराले दुई तथा मोहमद नाभिद, सिद्धान्त लोहनी र सागर ९कालले समान एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको महेन्द्रनगरले निर्धारित २० ओरभमा ९ विकेट गुमाउँदै १ सय १५ रन जोडेको थियो । महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकरले २९ रन जोडे । उनले ३८ बल खेल्दै २ चौकाको मद्दता २९ रन जेडेक हुन् ।
त्यस्तै आनन्द सुब्रमनियमले २० रन जोडे । उनले १३ बलमा तीन चौका प्रहार गरेका थिए । अमर सिंह रौटेलालले १९, मोहमद नाभिदले १८ तथा अभिनास बोहरा र आरिफ सेखले समाान ११ रन जोडेका थिए ।

रुपन्देहीका लागि ललित सिंह भण्डारीले चार, पुनित मेहरराले तीन विकेट तथा कप्तान बसन्त रेग्मीले दुई विकेट लिए । अब महेन्द्रनगरले शुक्रबार फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल काठमाडौं गोल्डेन्ससँग खेल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४