धनगढी- तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)को इलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडले रुपन्देही च्यालेन्जर्सलाई जितका लागि १ सय १६ रनको लक्ष्य सुमपेको छ । टस जितेर पहिले ब्याटिङ थालेको महेन्द्रनगरले निर्धारित २० ओरभमा ९ विकेट गुमाउँदै १ सय १६ रनको लक्ष्य सुम्पेको हो ।
महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकरले २९ रन जोडे । उनले ३८ बल खेल्दै २ चौकाको मद्दता २९ रन जेडेक हुन् । त्यस्तै आनन्द सुब्रमनियमले २० रन जोडे । उनले १३ बलमा तीन चौका प्रहार गरेका थिए । अमर सिंह रौटेलालले १९, मोहमद नाभिदले १८, अभिनास बोहराले ११ र आरिफ सेखले ११ रन जोडे ।

रुपन्देहीका लागि ललित सिंह भण्डारीले चार ओभरमा २८ रन खर्चदै चार विकेट लिए । त्यस्तै पुनित मेहरराले चार ओभर गर्दै २६ रन खर्चेर तीन विकेट लिए । कप्तान बसन्त रेग्मीले चार ओभरमा दुई मेडिन ओभर राख्दै ७ रन खर्चेर दुई विकेट लिए ।
यो खेल विजेता टोलीले शुक्रबार फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल काठमाडौं गोल्डेन्ससँग खेल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४