शनिबार, साउन १६, २०८३

नेपाललाई जितका लागि १२५ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतका आफ्नो दोस्रो खेलमा नेपालले १ सय २५ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्यटिङ गर्ने निर्णय गरेको थाइलयाण्डले नेपाललाई जितका लागि १ सय २५ रनको लक्ष्य सुम्पेको हो । 

थाइल्याण्डले निर्धारित २० ओर खेल्दै ७ विकेटको क्षतीमा १ सय २४ रन बनायो । थाइल्याण्डका लागि चनिदा सुथिरुङले सर्वाधिक ३५ रन जोडीन् । त्यस्तै निरुमाोल चैवैले ३२, वोङ्पाका लिङ्प्रासेर्टले अविजित २८, नत्तया बोचथमले १२ रन जोड्न बाहेक अन्य खेलाडीको दोहोरो अंक छुन सकेनन् ।
 
नेपालका लागि कबिता कुँवर र नेरी थापाले समान दुई दुई तथा रुबिना श्रेत्री बेलवाशी र करुना भण्डारीले एक एक विकेट लिए । थाईल्याण्डले गत महिना वुमन्स टी-२० स्म्यास प्रतियोगितामा नेपाललाई ९ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।