बुधबार, चैत २५, २०८२

पिएसजी  र मोन्टपेलरबिचको खेलमा आधा दर्जन गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आफ्ना स्टार खेलाडी नेयमार र एडिसन काभानी विना मैदानमा उत्रेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मोन्टपेलरलाई फराकिलो अन्तरले पराजित गरेको छ । बुधबार राती फ्रान्सेली लिग वन अन्तर्गत भएको खेलमा पिएसजीले मोन्टपेलरलाई  ५-१ को फराकिलो अन्तरले पराजित गरेको हो । 

पहिलो हाफमा २-१ ले अग्रता लिएको पिएसजीले दोस्रो हाफमा थप तीन गोल गर्न सफाल भयो । खेलको १३ औं मिनेटमा लेभिन कुर्जावाको गोलमा पिएसजीले सुरुवाती अग्रता लिएकोथियो । तर, ३१ औं मिनेटमा पाहुना टोलीका फ्लोरेन्ट मोलेटले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । 
Related image
पहिलो हाफको इन्ज्युरी समयमा एन्जल डी मारियाले फ्रिकिकमा गोल गर्दै पहिलो हाफमा पीएसजीलाई २-१ को अग्रता दिलाए । दोस्रो हाफको ७३ औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गोल गर्दै पिएसजीको अग्रता ३-१ पारे । 

७८ औं मिनेटमा भिटोरिनो हिल्टनले आत्मघाती गोल गरेपछि पिएसजीको अग्रता थप फराकिलो भयो । लगत्तै केलियन एमबाप्पेले गोल गर्दै पिएसजीले मोन्टपेलरमाथि ५-१ को फराकिला जित निकालेको हो । 

यस जितसँगै पिएसजीले २४ खेलमा ६५ अंक जोड्दै १५ अंकको अग्रता लिएको छ । दोस्रो स्थानमा रहेको लिलले २५ खेलमा ५० अंक जोडेको छ ।
Related image
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।