शनिबार, साउन १६, २०८३

सिटीको शाल्केमाथि संघर्षपूर्ण जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी-च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रि-क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटी जित निकालेको छ। बुधबार भएको खेलमा सिटिले शाल्केलाई ३-२ गोल अन्तरले हराएको हो। 

सिटीको जितका लागि सर्जियो अग्युरोले सुरुवाति अग्रता दिलाएका थिए। उनले खेलको १८ औं मिनेटमा गोल गर्दै सिटीलाई पहिलो सफलता दिलाएका थिए।

शाल्केको घरेलु मैदानमा भएको खेलमा सिटी १० खेलाडीमा सिमित भएको थियो । खेलको ६८ औं मिनेटमा निकोलस ओटामेन्डीले दुई पहेलो कार्ड पाउँदा सिटी १० खेलाडीमा समेटिएको थियो ।

खेलको ३८ औं मिनेटमा शाल्केका बेन्टालेबले पेनाल्टीमा गोल गरेर खेल १-१ को बराबरीमा ल्याए । खेलको ४५ औं मिनेटमा पुन बेन्टालेबले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै शाल्केलाई २-१ को अग्रता दिलाए।

यता सिटीका लागि लोरी सानेले गोल गर्दै खेल २-२ को अवस्थामा पुगाए। रहिम स्ट्रलिङले एक गोल गरे। उनले खेलको ९० औं मिनेटमा गोल गर्दै सिटीलाई ३-२ को जित दिलाए ।

जितसँगै सिटीले लिगको अन्तिम आठमा स्थान बनाउने सम्भावना बलियो बनेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।