एजेन्सी- इटालियन सिरी ए क्लब युभेन्ट्स च्याम्पियन्स लिग अन्तर्गत प्रि-क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्स स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडसँग २-० ले पराजित भएको हो ।
घरेलु मैदानमा एट्लेटिको जितका लागि जोसे जिमिनेज र कप्तान डिएगो गोडीनले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७८ औं मिनेटमा जिमिनेजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा गोडीनले गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए । जितसँगै एट्लेटिकोले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
युभेन्ट्सलाई भने घरेलु मैदानमा हुने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४