शनिबार, साउन १६, २०८३

अत्तरियाले दियो काठमाडौंलाई १११ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- सिवाइसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई फाइनल प्रवेशका लागि १ सय ११ रनको लक्ष्य सुम्पेको छ । डिपिएलको पहिलो क्यालिफायर खेलमा अत्तरियाले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १ सय ११ रनको लक्ष्य सुम्पेको हो । 

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अत्तरियाका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले रसर्वाधिक ३३ रन जोडे । उनले ३४ बलको सामना गर्दै ५ चौका प्रहार गरे । त्यस्तै सन्नी पटेलले २८ रन जोडे । उनले २४ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोडेका हुन् । सुबेन्दु पाण्डेय १६, जयकिसन कोल्सावालाले १३, जितेन्द्र सिंह कार्की ६, सन्दीप जोरा ३ रनमा आउट भए ।

काठमाडौंका लागि अंकित दवास र सूर्य तामाङले समान दुई दुई विकेट लिए । त्यस्तै योगेन्द्र सिंह कार्की र रिसद खानले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।