काठमाडौं- यसअघि सम्झौता नविकरण गर्न नसकेको इन्डोनेसियाको लिग च्याम्पियन क्लब पर्सिजा जाकार्ताले नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दलाई हाल क्लबले माग गरेको छ । पछिल्लो समय क्लबले अपेक्षित प्रदर्शन गर्न नसके पछि रोहितलाई पुनः क्लबमा अनुबन्ध गर्न चाहेको बताइएको छ ।
गत सिजनको पर्सिजालाई इतिहासकै पहिलो लिग उपाधि दिलाउने क्रममा रोहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । पर्सिजाको समर्थकमाझ निकै लोकप्रिय रहेका रोहितको बहिर्गमनले क्लब निकै आलोचित हुँदै आएको थियो ।

समर्थकहरुले रोहितलाई फिर्ता बोलाउन क्लबलाई सामाजिक संजालमार्फत दबाब पनि दिएका थिए । जारि सिजनके सुरुवातमा रोहितको माग पूरा गर्न नसकेको भन्दै पर्सिजाले रोहितको स्थिानमा उज्बेकिस्तानका खेलाडीलाई अनुबन्धित गरेको थियो ।
तर, उनले सोचे अनुसारको प्रदर्शन नगरे पछि पुनः क्लबमा रोहितको माग बढेको हो । नयाँ सिजनका लागि पर्सिजाले प्रशिक्षक समेत परिवर्तन गरेको थियो ।
रोहित बिहिबार इन्डोनेसिया प्रस्थान गर्दैछन् । तर, यनको समझदारी हुन बाँकी छ । उनले क्लबमा आबद्ध हुने पक्का गरिसकेका छन् । पर्सिजाले रोहितलाई एएफसी कपको टोलीमा समावेश गर्ने पनि उनले पक्का गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४