बुधबार, चैत २५, २०८२

लिभरपुल र बार्यन बराबरीमा रोकिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले बुन्डेसलिगा क्लब बायर्न म्युनिखसँग बराबरी खेलेको छ । मंगलबार राती लिभरपुलको घरेलु मैदानमा भएको यूईएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

यस बराबरीसँगै बायर्नले लिभरपुलको मैदानमा लगातार तेस्रो पटक गोलरहित बराबरी खेलेको छ । रक्षात्मक रणनीति अपनाउँदै राम्रो प्रदर्शन गरेको बार्यनले लिभरपुललाई उसको घरेलु मैदानमा गोल गर्ने कुनै मौका दिएन । 

लिभरपुलका साडियो मानेले प्रयास गरेका झन्डै आधा दर्जन प्रहार सफल हुन सकेनन् । बायर्नले पनि पाएको थोरै अवसरमा अपेक्षित आक्रमण गर्न नसक्दा गोलरहित बराबरीमा चित्त बुझाउनुपर्यो । दोस्रो लेगको खेल बायर्नको घरेलु मैदानमा १३ मार्चमा हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।