एजेन्सी- यूईएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफानलको पहिलो खेलमा बार्सिलोनाले बराबरी खेलेको छ । च्याम्पियनस लिगको समूह चरणमा अपराजित रहेका दुबै टोली बार्सिलोना र लियोनले प्रि-क्वाटरफानलको पहिलो लेगमा गोल रहित बाबरी खेलेका छन् ।
लियोनको घरेलु मौनमा भएको खेलमा दुबै टोलीले गोल गर्न सकेनन् । खेलमा बार्सिलोनाले केही पकड जमाय पनि जित निकाल्न भने सकेन । च्याम्पियनस लिगको समूह चरणमा युरोपका ठूला टोलीलाई पराजित गरेको लियोनले प्रि-क्वाटरफानलमा बार्सिलोनालाई पाजित गर्न सकेन ।

समूह चरणमा म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन (पिएसजी) जस्ता टोलीलाई पाजित गरेको थियो । लियोनका कप्तान नाबिल फेकिर प्रतिबन्धमा थिए । त्यस्तै अर्का मिडफिल्डर तान्गु एनदोम्बेले चोटका कारण मैदानमा उपस्थित थिएनन् ।
तर पनि ला लिगा महारथी क्लब बार्सिलोनाले लियोनलाई पाजित गर्न सकेन । अब दोस्रो खेल ११ मार्चमा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४