शनिबार, साउन १६, २०८३

काठमाडौंमाथि अत्तरियाको ७ विकेटको सहज जित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४



धनगढी- दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सिवाइसी अत्तरियाले ज्ञानेन्द्र मल्लको अपराजित काठमाडौं गोल्डेन्सलाई पराजित गरेको छ । मंगरबार भएको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)को अन्तिम लिग खेलमा अत्तरियाले काठमाडौंलाई ७ विकेटले पराजित गरेको हो । 

काठमाडौंले दिएको ७६ रनको झिनो लक्ष्य पछ्याएको अत्तरियाले १७ ओभर खेल्दै मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । अत्तरियाको जितका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ३३ रन बनाए ।

उनले ४३ बलको सामना गर्दै ५ चौकाको मद्दतमा ३३ रन जोडेका हुन् । त्यस्तै दिन्पेन्द्र सिंह ऐरीले अविजित २० रन जोडे । उनले ११ बल खेल्दै ३ चौका प्रहार गरे । प्रेम तामाङ १०, सुबेन्दु पाण्डेय ५ र सन्दीप जोराले ७ रन जोडे ।

काठमाडौंका लागि ललितनारायण राजवंशी, रसिद खान र सुर्य तामाङले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओरभमा विकेट गुमाउँदै ७५ रन जोडेको थियो । 

खराव सुरुवात गरेको काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३२ रन जोड्न बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ज्ञानेन्द्रले ४९ बलको सामना गर्दै २ चौकाको मद्दतमा ३२ रन जोडका थिए । त्यस्तै योगेन्द्र सिंह कार्की १३ , अंकित दवासले १० जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । 

काठमाडौंलाई सस्तैमा समेट्न अत्तरियाका लागि दिपेन्द्र सिंह ऐरीले तीन तथा रामनरेस गिरीले दुई विकेट लिए । त्यस्तै सन्नी पटेल र भुवन कार्की एक एक विकेट लिए । 
प्रतियोगिताको लिग चरणका खेल सकिएसँगै अत्तरिया लिगको शीर्ष स्थानमा रहदै प्लेअफमा प्रवेश गरेको छ । 

यता पराजित काठमाडौं दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको छ । लिग चरणमा पहिलो र दोस्रो स्थानमा रहेकाले भोली (बुधबार) फाइनल प्रवेशका लागि पुनः यी दुबै टोलीले एक अर्काको सामना गर्ने छन् । यी दुई टोली मध्य प्लेअफमा जो पराजित भएपनि फाइनल प्रवेशका लागि एक मौका आर्के पाउने छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।