बुधबार, चैत २५, २०८२

काठमाडौंले दियो अत्तरियालाई रनको ७६ झिनो लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी- तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)को अन्तिम लिग खेलमा काठमाडौं गोल्डेन्सले सिवाइसी अत्तरियालाई ७६ रनको झिनो लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौंले निर्धारित २० ओरभमा सबै विकेट गुमाउँदै मात्र ७५ रन जोडेको हो । 

खराव सुरुवात गरेको काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३२ रन जोडे । उनले ४९ बलको सामना गर्दै २ चौकाको मद्दतमा ३२ रन जोडको हुन् । योगेन्द्र सिंह कार्की १३, अंकित दवासले १० जोडे । अन्य जना ब्याट्सम्यानले अत्तरियाका बलर सामु खुलेर खेल्न नसक्दा दोहोरो अंक छुन सकेनन् । 

काठमाडौंलाई सस्तैमा समेट्न अत्तरियाका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले तीन तथा रामनरेश गिरीले दुई विकेट लिए । त्यस्तै सन्नी पटेल र भुवन कार्कीले समान एक एक विकेट लिए । दुबै टोली यसअघिनै प्लेअफमा प्रवेश गरि सकेका भएकाले यस खेलको नतिजाले अंक तालिको शीर्ष स्थान तय गर्ने छ । 

जुन टोली पराजित वा विजयी भएपनि भोली (बुधबार) पुनः यी दुबै टोलीले फाइनल प्रवेशका लागि भिड्ने छन् । किनकी यि दुबै टोली मध्यबाट पराजित वा विजयी जो भएपनि तालिकाको शीर्ष र दोस्रो स्थानमा रहने छन् । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।