बुधबार, कात्तिक ४, २०८३

कस्तो छ आज बडादसैंको टिकाको दिनको मौसम पूर्वानुमान ?

 |  बुधबार, कात्तिक ४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ४, २०८३

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र 

हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ।

महाशाखाले जारी गरेको दशैँ विशेष मौसम बुलेटिनअनुसार नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले दशैँका बेला ठूलो वर्षाको सम्भावना नरहे पनि केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।

त्यस्तै महाशाखाले दशमीसम्म कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाको पूर्वानुमानअनुसार दशैँका अधिकांश दिन मौसम अनुकूल रहने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले सम्भावित वर्षा, हिमपात र चट्याङलाई ध्यानमा राख्नुपर्नेछ।

प्रकाशित: Oct 21, 2026| 06:16 बुधबार, कात्तिक ४, २०८३
प्रतिक्रिया दिनुहोस्