बुधबार, चैत २५, २०८२

नेयमार सधै मार्चमा घाइते हुनुको रहस्य के हो?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- विगत चार वर्षदेखि हरेक मार्च ११ आसपास नेयमार घाइते वा निलम्बित हुँदै आएका छन् । यस वर्ष पनि नेयमार मार्च ११ आसपासमा मैदान बाहिर हुन पुगेको यो पाँचौ पल्ट हो ।

सन् २०१४-१५ र २०१५-१६ को मार्च ११ मा नेयमार निलम्बित थिए । सन् २०१६-१७ को मार्च ११ मा उनी घाइते थिए । गत सिजनमा नेयमार बार्सिलोना छोडेर पिएसजी पुगे । तर, फ्रान्समा पहिलो सिजनमै उनी मार्च ११ आउने बेला घाइते भए । उनी घाइते भएसँगै पिएसजीले च्याम्पियन्स लिगमा रियल म्याड्रिडसँग पराजित हुन पुग्यो ।
Image result for neymar injure
यस वर्ष पनि च्याम्पियन्स लिगमा म्यानेस्टर युनाइटेडजस्तो शक्तिशाली टिमसँग भिड्ने बेलामै नेयमार घाइते छन् । चिकित्सकहरूले उनी कम्तीमा १० साता फुटबल खेल्न नसक्ने रिपोर्ट दिएका छन् । जसको अर्थ हो, उनी मार्च ११ सम्म पनि मैदान प्रवेश गर्न सक्ने छैनन् ।

मार्च ११ मा नेयमारकी बहिनीको जन्मदिन पर्छ । त्यसैले, कतिपयले नेयमार बहिनीको जन्मोत्सव समारोहमा सरिक हुन हरेक मार्च ११ आसपास जानाजान घाइते वा निलम्बित हुने गरेको अनुमान गरेका छन् ।
Image result for neymar injure
ब्राजिलको घरेलु क्लब सान्तोसमा फुटबल खेल्दा नेयमारलाई बहिनी भेट्न कुनै समस्या थिएन । बार्सिलोनासँग अनुबन्धित भई स्पेन पुगेको पहिलो वर्ष पनि उनी मार्च ११ मा फुटबल मैदानमै थिए ।

तर, स्पेनमा फुटबल खेल्न थालेको दोस्रो वर्षदेखि चाहिँ नेयमार हरेक मार्चमा घाइते वा निलम्बित हुन थाले । जब मार्चमा नेयमार फुटबल मैदान फर्किन्छ । के त्यति बेलासम्म पिएसजी च्याम्पियन्स लिगमा सुरक्षित होला त ?
Related image
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।