एजेन्सी- इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा चेल्सीलाई २-० ले पराजित गर्दै युनाइटेड क्वाटरफाइनलमा प्रवेह गरेको हो ।
चेल्सीको घरेलु मैदानमा मिडफिल्डर पउल पोग्बाले एक गोल र एक असिस्ट प्रदान गरेका थिए । खेलका दुबै गोल पहिलो हाफमा भएका थिए । खेलको ३१ औं मिनेटमा आन्देर हरेराले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।
उनले पोग्बाको क्रसमा गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा पोग्बाले हेडरमार्फत गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । उनले मार्कस रासफर्डको क्रसमा गोल गरे । युनाइटेडले अब क्वाटरफाइनलमा वल्भसको सामना गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४