बुधबार, चैत २५, २०८२

प्लेअफमा पुग्नका लागि विराटनगरलाई १४९ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी- सन्नी पटेल र जयकिसन कोल्सावालाको आक्रमक अर्धशतकीय अविजित पारीको मद्दतले सवाइसी अत्तरियाले गर या मरको अवस्थामा रहेको विराटनगरलाई जितका लागि १ सय ४९ रनको लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अत्तरियाले २० ओभरमा मात्र तीन विकेट गुमाउँदै १ सय ४८ रन जोडेको हो । 

उत्कृष्ट सुरुवात गरेको अत्तरियाका लागि जयकिसन कोल्सावालाले ५१ रनको अर्धशतकीय अविजित पारी खेले । उनले ५० बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकीय अविजित पारी खेलेका हुन् । 

त्यस्तै निकै नै आक्रमक ब्याटिङ गरेका सन्नी पटेलले ६१ रन अविजित अर्धशतकीय पारी खेले । उनले ३१ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । पटेलले खेलको अन्तिम ओभरमा २४ रन जोडे । जितेन्द्र सिंह ठकुरी १३, कप्तान दिपेन्द्रसिंह ऐरी १० र सन्दीप जोरा ३ रनमा पेभिलियन फर्किए । 

विराटनगरका लागि अभिनास यादव र सुसन भारीले एकएक विकेट लिए । विराटनगरले यो खेल जिते प्रतियोगिताको प्लेआफमा प्रवेश गर्ने छ । यदि पराजित भएको खण्डमा भने विराटनगर प्रतियोगिताबाट बाहिरिने छ । 

यता अत्तरियाको भने एक खेल बाँकी छ । अत्तरियाले आफ्नो लिग चरणको अन्तिम खेल काठमाडौं गोल्डेनससँग मंगलबार दिउँसो १ बजे खेल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।