धनगढी- साविकको विजेता टोली धनगढी स्टार्स तेस्रो संस्करणको धनगढी प्रिमयर लिग (डिपिएल)बाट जित विहिन हुँदै बाहिरिएको छ । लिग चरणको आफ्नो अन्तीम खेलमा रुपन्देही च्यालेन्जर्ससँग ४० रनले पराजित हुदै स्टार्स प्रतियोगिताबाट बाहिरिएको हो स्टार्सले लिगका चार खेल गुमाउँदा एक खेल बर्षाका कारण अंक बाढेको थियो ।
लिग चरणको अन्तिम खेलमा रुपन्देहीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा स्टार्सले मत्र ६७ रन बनाउन सक्यो । स्टार्सले १४ ओभरमा सबै विकेट गुमाएर मात्र ६७ रन जोडेको हो । स्टार्सका लागि पवन सराफले १५, सोमपाल कामीले ११ र सन्दीप रजालीले १० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन छुन सकेनन् ।

रुपन्देहीका लागि ललित सिंह भण्डारीले तीन, बिक्रम सोबले दुई तथा बसन्त रेग्कमी, भिम सार्की र पुनित मेहराले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित १५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन जोडेको थियो । मैसमका कारण ढिलो सुरु भएकाले खेल १५ ओभरमा छोट्याइएको थियो ।
रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक ३३ रन जोडेका थिए । उनले २४ बल खेल्दै दुई चौका र दुई छक्का प्रहार गर्दै ३३ रन जोडेका हुन् । विनोद भण्डारीले २४ रन जोड्दा २५ बलमा दुई चौका प्रहार गरे ।

त्यस्तै बाबर हायातले १९ र बिक्रम सोबले ११ रन जोड्दा अनय ब्याट्सम्यानले भने दोहोर अंक छुन ससकेनन् । तर, ललित सिंह भण्डारी चोट लागेपछि रिटायर्ड भएका थिए ।
धनगढीका लागि कप्तान सोमपाल कामी र विपिन कार्कीले दुई तथा रोहन मुस्ताफा, पवन सराफ र आमिर हायातले एक एक विकेट लिए ।
यसजितसँगै रुपन्देही प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ । रुपन्देहीले लिगका पाँच खेल मध्यबाट तीन खेलमा जित र दुई खेलमा पराजित हुँदै प्लेअफमा प्रवेश गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४